२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी



काठमाडौँ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ।

गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न पनि आग्रह गरेका बताइएको छ। तर अमेरिकाले ताइवानलाई कूटनीतिक मान्यता दिँदैन। उसले स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने योजना सार्वजनिक भएपछि यस विषयमा दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  १२ : ११ बजे