७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

केपी ओली भन्छन्ः युवाहरुमा पदमा बस्नैपर्ने गलत संस्कार देखिन थाल्यो



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् ।

शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले युवालाई पद चाहिएर पार्टीको माथिल्लो कमिटी ठूलो बनाउनुपर्ने अवस्था आयो भने त्यो राम्रो नहुने बताए ।

‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने’ उनले भने, ‘युवाहरुलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन ।’

अध्यक्ष ओलीले आफूले भनेजस्तो भएन भने अनुशासन उल्लंघन गर्नु युवा सुलभ गुण नभएको बताए । युवाहरुमा वैचारिक स्पष्टता र दह्रोपन चाहिने भन्दै उनले भने, ‘काममा प्रतिस्पर्धा गरौं, पदमा होइन, पद प्राप्तिमा होइन, जिम्मेवारी लिने, सफल हुने कुरामा प्रतिस्पर्धा गरौं ।’

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ६ : २२ बजे