मायादेवी अनलाइन, बाणगंगा ।
अविरल बर्षासंगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ ।
जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पत्तीलाई मंगलबार बगाएको हो ।
बाणगंगा– ७ निवासी उनीहरु दिल बहादुर सुनार र राममाया सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।
उनीहरुसंगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् ।
नदीमा बगेका दुबै जनाको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
बाणगंगा नगरपालिकाको वडा नं. ९ पुग्ने कोइली नदी हरेक बर्ष मानिसको तगारो बन्दै आएको छ । नदीमा पूल नहुँदा काइलीले सधैं धनजनको क्षति गर्दै आएको छ । दुई बर्ष पहिला यहीँ नदीले बगाउँदा तीन जनाको ज्यान गएको थियो भने तीन जना हाम फालेर बाँच्न सफल भएका थिए ।
यो पनि पढ्नुहोस्…
०३९ सालदेखि भलवाडबासीले कोइली खोलामा पुल मागे तर, सुनिदिने कोही भएनन् !







प्रतिक्रिया