२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पूर्वको तुलनामा अब पश्चिममा ठूलो बर्षा हुने सम्भावना



काठमाडौं ।
हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक-दुई दिन बढी पानी पर्ने छ ।

मौसमविद् बिनु महर्जनका अनुसार अहिले हाल मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । त्यसैले आज साँझबाट वर्षा केही कम हुने छ । तर पश्चिमतिर अघिल्ला दिनको तुलनामा एक दुई दिन अलि धेरै पानी पर्ने उनले बताइन् ।

‘पूर्वतिर पनि हल्कादेखि मध्यम खालको वर्षाचाहिं हुन्छ’ महर्जनले भनिन्, ‘तर पश्चिममा अस्तितिर पानी पर्न सकेको थिएन नि, अब पूर्वको तुलनामा पश्चिमतिर एक(दुई दिन बढी पानी पर्छ ।’ आज बिहान ६ बजेसम्म पनि पूर्वको तुलनामा पश्चिममा बढी पानी परिरहेको देखिएको उनले बताइन् ।

बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रका स्थानमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १ र मधेश प्रदेशमा भने एक-दुई स्थानमा मात्र पानी परिरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ८ : १६ बजे