मायादेवी अनलाइन, बाणगंगा ।
दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको अध्यक्षमा लेखनाथ घिमिरे चयन भएका छन् ।
शनिबार भएको समाजको ५ औं वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा दुर्गा प्रसाद अधिकारी, सचिवमा शुसील कुमार अर्याल, सह सचिवमा राधा पाण्डे, कोषाध्यक्षमा बाबुराम भण्डारी चयन भएको निर्वाचन मण्डलका संयोजक साहित्यकार अर्जुन सरले जानकारी दिए ।
सदस्यहरुमा बुद्धिसागर बेल्बासे, प्रकाश भुसाल, गणेश पौडेल र पुनाराम घिमिरे चयन भएका छन् ।
लामो समय देखि समाजको अध्यक्ष भएर दिलिप कार्कीले काम गर्दै आएका थिए ।







प्रतिक्रिया