१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

विराटनगरमा ब्राउनसुगरसहित २ जना पक्राउ



काठमाडौं ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।

आज बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गरेको थियो।

सोही क्रममा मोटरसाईकलमा सवार मोरङ विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने ३१ वर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९ आइतबार ००:००  ३ : ५७ बजे