१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ओलीको टिप्पणीः अहिलेको सरकारले जहाँ छोयो त्यहाँ खरानी पार्छ



काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहेको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको सहारा लिइरहको बताए ।

प्रचण्ड र माधव नेपालहरू कांग्रेस नामको बञ्चरोको बिँड भएको र उनीहरूको कुनै अस्तित्व नै नरहेको ओलीको भनाइ छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफू दोस्रो हुनका लागि उनीहरू कांग्रेसको पछि हिँडेको बताए ।

कांग्रेसका पछाडि लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई झुक्काउने काम भएको बताए । उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अब निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताए ।

आफू सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहाँ खरानी पारेको उनको भनाइ छ । ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गरे ।

आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९ आइतबार ००:००  ८ : १६ बजे