काठमाडौं ।
निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा पाँच वटा दल दर्ता भएका छन् । आयोगले आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेकामा सो दिन ५ दल दर्ता भएका हुन् ।
आयोगका अनुसार पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।
यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल पनि दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आयोगले निर्वाचनको तयारीलाई तिव्रता दिएको बताए ।







प्रतिक्रिया