१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भारतको एक मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो



एजेन्सी ।

भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।

सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  १२ : ४७ बजे