२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने



एजेन्सी ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् ।

चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् ।

इंग्ल्यान्ड लायोनसँगको ४ दिने अभ्यास खेलका क्रममा ओलिभर घाइते भएका हुन् ।

इंग्ल्यान्डको टेस्ट अघि घाइते हुने ओलिभर दोस्रो दक्षिण अफ्रिकाका तीव्र गतिका बलर हुन् ।

दक्षिण अफ्रीकाले घरेलु टोलीविरुद्ध ३ खेलको टेस्ट सिरिज खेल्नेछ ।

पहिलो टेस्ट १७ अगस्टमा लर्ड्समा शुरू हुनेछ ।

ओलिभरले १५ टेस्ट खेलमा ५९ विकेट लिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९ सोमबार ००:००  ७ : ३८ बजे