२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जसपा राजनीतिक समितिको बैठक बस्दै



काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ । जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी रहेको छ ।

जसपाबाट डा.बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो । यो बैठकले पार्टी समायोजन तथा संगठन विस्तारका कामलाई अगाडि बढाउने निर्णय समेत गर्ने बताइएको छ ।

प्रकाशित मिति : १ भदौ २०७९ बुधबार ००:००  २ : ३१ बजे