२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

एकीकृत समाजवादीले तोक्यो उम्मेदवार बन्न मापदण्ड



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन सात मापदण्ड तय गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार समावेशी समानुपातिकका सिद्धान्तलाई आत्मसात गर्दै सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन बैठकले निर्देशन दिएको छ । भदौ २० भित्र जिल्ला र प्रदेशबाट आएका (नाम) सिफारिसमा केन्द्रले छलफल गरेर टुंग्याउने भएको छ ।

यस्ता छन् मापदण्ड
१. पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
२. पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
३. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
४. आर्थिक र नैतिक आचरण राम्रो भएको,
५. जनतामा स्थापित र लोकप्रीय रहेको,
६. स्वच्छ छवि र सुशासनको पक्षपाती,
७. कार्यक्षमता र सक्रियता राम्रो भएको

प्रकाशित मिति : १ भदौ २०७९ बुधबार ००:००  ६ : ५३ बजे