६ असार २०८३, शनिबार | Sat Jun 20 2026

देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीको घोषणा



काठमाडौं ।

नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो।

कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ। परिषद्‌का उपमहासचिव प्रेम बहादुर खत्रीले थाहाखबरसँग भने, ुसरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको होु उनले थपे, ुआफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्नेछौँ।

प्रकाशित मिति : ६ भदौ २०७९ सोमबार ००:००  १ : ४८ बजे