२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौबाट दल दर्ता



काठमाडौँ

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदश पेस गर्न आह्वान गरेको छ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनाअनुसार १० भदौदेखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए।

प्रकाशित मिति : ८ भदौ २०७९ बुधबार ००:००  ८ : ३९ बजे