१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

काठमाण्डौ महानगरले अल्फा बिटाको अवैध संरचनामा डोजर चलायो



काठमाण्डौ ।

काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको छ ।

आज बिहीवार दिउँसो महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना डोजर चलाएको हो । यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो ।

अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिनुभएको थियो । आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेको थियो ।

अहिले महानगरले अवैध संरचना र पार्किङको नक्सा पास गरेर अरू नै प्रयोजनमा लगाउनेमाथि कारबाही थालेको छ । यसअघि सुन्धारा र न्युरोड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९ बिहिबार ००:००  ४ : ४८ बजे