१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायो



काठमाण्डौ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।

प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबरमा तय भएको १७ वर्षमुनिको महिला विश्व कप पनि भारतमै हुनेछ । त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउनेछ । फिफाले गएको साउन ३० गते एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

भारतले गएको मङ्गलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७९ शनिबार ००:००  ८ : १८ बजे