७ असार २०८३, आइतबार | Sun Jun 21 2026

यी हुन् कांग्रेस कपिलवस्तुले सिफारिस गरेका क्षेत्र नं १ का उम्मेदवार



कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रिय समिति र प्रदेश समितिको संयुक्त बैठकले संघीय सांसदका लागि ४ जना उम्मेदवारहरु सिफारिस गरेको छ ।

आइतबार बसेको कपिलवस्तु क्षेत्र नं. १ र प्रदेश समितिको संयुक्त बैठकले ४ जनालाई प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका लागि सिफारिस गरेको हो ।

बैठकले पहिलो नम्बरमा बौद्धिक लोकप्रिय नेता तथा पूर्व मन्त्री एवम् भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, दोस्रो नम्बरमा महाधिवेशन प्रतिनिधि कांग्रेस नेता मेवालाल यादव, तेस्रो नम्बरमा कपिलवस्तु क्षेत्र नं. १ क्षेत्रिय उप–सभापति दुर्गा बहादुर के.सी, चौथो नम्बरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् समानुपातिक सांसद अतहर कमाल मुसालमानलाई बहुमतले निर्णय गरेको क्षेत्रिय उप–सभापति दुर्गा बहादुर के.सी.ले जानकारी दिए ।

यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ, खस आर्य तर्फ पहिलो नम्बरमा कमलेश शर्मा, दोस्रोमा लोकनाथ शर्मा, तेस्रोमा युवराज केसी रहेका छन् ।

मेधसी तर्फ जेसराम यादवलाई सिफारिस गरिएको छ भने मुस्लिम महिला तर्फ पहिलो समिरन मिया, दोस्रोमा देवकला सुवेदी कमाललाई सिफारिस गरिएको क्षेत्रिय सचिव विजय खनालले जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०७९ सोमबार ००:००  ९ : ०१ बजे