८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

ओदारीको स्काइलार्क बोर्डिङ स्कूलमा ‘मायादेवी हव कन्भेन्सन’को आयोजना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काइलार्क इंग्लिस बोर्डिङ्ग स्कूलमा यही भदौ २४ गते विद्यार्थी गुणीय चक्र अर्थात विद्यार्थी क्वालिटी सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ ।

स्काइलार्क इंग्लिस बोर्डिङ्ग स्कूलले मायादेवी हव कन्भेन्सन आयोजना गर्ने भएको हो ।

कपिलवस्तु र रुपन्देहीका ९ विद्यालयका विद्यार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव १ सय ८० सय बढी विद्यार्थीले भाग लिने जनाइएको छ ।

कार्यक्रमबारे जानकारी दिन विद्यालयमा बुधबार पत्रकार संम्मेलन आयोजना गरिएको थियो ।

स्कूलका प्रिन्सिपल तथा मायादेवी हव कन्भेन्सनका हव संयोजक तोलाकान्त डुम्रेले एस.क्यु.सी.अन्तर्गत विद्यार्थीहरुको स–साना समूह बनाई जसले विद्यार्थीका समस्या छनौट गरी समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ती समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।

भदौ २४ शुक्रवार हुने उक्त कार्यक्रममा क्वीज, हिज्जे र अन्य विधा गरी ९ विधामा प्रतियोगिता गराईने समेत जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा एस. क्यु. सी बारे जानकारी गराउँदै हव संयोजक मास्टर ट्रेनर डुम्रेले विद्यार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुँदा कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कन्भेन्सनमा भाग लिने विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक, शिक्षक कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको पत्रकार सम्मेलन स्काइलार्क इंग्लिस बोर्डिङ्ग स्कूलका शैक्षिक संयोजक ध्रुव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ भदौ २०७९ बुधबार ००:००  ८ : ४९ बजे