८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

रूरू क्षेत्र गाउँपालिका गुल्मीका कृषकले सहुलियतमा ऋण पाउने



गुल्मी ।
रुरु क्षेत्र गाउँपालिका गुल्मी र प्रभु बैंक बीच कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकले राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान एकिकृत कार्यविधि २०७५ अनुसार रुरु क्षेत्र गाउँपालिकाका कृषक लाई ऋण दिने भएको हो ।

रुरु क्षेत्र गाउँपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सामाजिक स्रोत विकास केन्द्र नेपालद्वारा संचालित कृषि तथा पशु उद्यमसिलता विकास परियोजनाको सहयोग र सहजिकरणमा गठन भएको समूह सहकारीका साथै गाउँपालिका भित्रका सबै कृषि उद्यमीलाई व्यवसायका आधारमा ऋण दिने छ ।

५० हजार देखि ५ लाखसम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिकाले सहुलियत ऋण प्रदान गर्न बैंकलाई सिफारिस गर्ने छ ।

ऋणीले तिरेको ब्याजदरमा ५ प्रतिशत र महिला को हकमा ६ प्रतिशत अनुदान समेत उपलब्ध गराइने छ ।

उद्यमशीलता विकास वितीय पहुँच सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गाउँपालिका र बैंक बीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस कार्यक्रम को प्रभावकारिता हेरी आगामी बजेटमा यस विषयमा गाउँपालिकाले पनि कार्यक्रम आगाडी बढाउने बताउनु भयो ।

कृषकलाई प्रोत्साहन गर्न बैंकले ऋण प्राप्त गर्ने प्रक्रियालाई बोझिलो र झन्झटिलो नबनाई प्राथमिकताका साथ साथ, सहयोग दिन आग्रह गर्नु भयो ।

उपाध्यक्ष मिना गौतमले हेफर र एसआरडीसिएन रुरु बम्घामा सबैको पहुंचमा पुर्याउन आग्रह गर्दै कृषकको मन जित्न अनुरोध गर्नु भयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले नयाँ कामको थालनी गरिएको बताउँदै सहिलिएत पूर्ण कर्जाले उद्यम सिर्जना गरी अधिकांश कृषकलाई उत्पादन वृद्धिमा जोड्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रभु बैंक रानीवास शाखा प्रमुख नवीन बस्यालले सम्झौताका प्रावधानमा प्रकाश पार्नु भएको थियो । एसआरडीसिएन का चोपलाल गिरीले कार्यक्रममा स्वागत गर्दै हेर्दा सुन्दा सामान्य लागे पनि कार्यक्रम जटिल भएको, सूक्ष्म ढंगले कार्यक्रम कार्यान्वयन गर्दै गाउँपालिका लाई कृषि उपजमा आत्मनिर्भरता तर्फ उन्मुख बनाउन सबैले उत्साहपूर्ण ढंगले काम गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण रुरु क्षेत्र गाउँपालिका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रम संयोजक शम्भु पन्थीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७९ शनिबार ००:००  ७ : ०२ बजे