७ असार २०८३, आइतबार | Sun Jun 21 2026

डा. पन्थीद्धारा गाउँपालिकालाई ६ थान भ्रुण डपलर हस्तान्तरण



गुल्मी।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक वलेटक्सार ८ निवासी डा.सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान भ्रुण डपलर गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ।

उहाँले आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको रुरु क्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उहाँले सो स्वास्थ्य सामाग्री आफ्नो हजुरवुवा स्वर्गीय लिलामणी पन्थको स्मृति स्वरुप गाउँपालिकालाई उपहारका रुपमा हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनु भयो।

गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागि स्वास्थ्य सामाग्रीहरु नि शुल्क उपलव्ध गराएको भन्दै गाउँपालिकाले उहाँलाई धन्यवाद प्रकट गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७९ मंगलबार ००:००  ४ : ४७ बजे