८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राप्रपा प्रवेश गर्न रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी त्यागे



काठमाडौँ ।
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले सो पार्टी परित्याग गरेका छन् ।

सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा समक्ष मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका छन् ।
मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दै छन् ।

राजीनामा पत्रमा मिश्रले भनेका छन्, ‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ११ आश्विन २०७९ मंगलबार ००:००  ७ : ४० बजे