८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चन्द्रौटामा बेवारिसे शव फेला



कपिलवस्तु ।
कपिलवस्तुमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ।

जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटास्थित चन्द्रौटा पार्क नजिकै बुधवार दिउसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए।

करिब ४० वर्षको पुरुष मृत अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए। उक्त पुरुषको पहिचानको लागि विभिन्न ठाउँमा जानकारी दिएको र घटनाको अनुसन्धान भइरहेको शाहीले बताए।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  ८ : २५ बजे