१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सहरी विकास मन्त्री चौधरीद्वारा सरकारी गाडी फिर्ता



दाङ ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गर्नुभएको छ । उहाँ दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार हुनुहुन्छ ।

उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गर्नुभएको हो।

चुनाव अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरुप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयोग गर्नुभएको प्रेस संयोजक सूर्य वीसीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९ शनिबार ००:००  १ : २१ बजे