८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

संविधानले मधेशलाई विभेद गरेको छैन् : प्रम ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन्।

प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानले मधेशलाई विभेद नगरेको बताए।

‘संविधानले कसैलाई विभेद गर्दैन। गरेको छैन। यदि विभेद गरिएको छ भने वा त्यस्तो देखियो भने संविधान र कानून संशोधन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ । विभेद छ भन्ने देखिएमा हटाउँछ।’

राष्ट्रलाई एकतावद्ध गर्न सबैको सहयोग चाहिने उनले बताए। विभेदका विरुद्ध आफूले ५४ वर्षदेखि संघर्ष गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विभेद हटाउन संघर्ष गरेको व्यक्तिले विभेद बोकेर नहिँड्ने स्प्रष्ट पारे।

प्रकाशित मिति : २ भदौ २०७५ शनिबार ००:००  ८ : ३२ बजे