२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कांग्रेस निर्वाचन समितिमा विवाद, मतदान अझै सुरू भएन



काठमाडौं ।

बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई अझै सुरू भएको छैन। मतदानस्थलमा मोबाइल लैजान पाउने, नपाउने विवादले काङ्ग्रेस संसदीय दलमा मतदान अझै सुरू नभएको हो।

सयोजक भिष्मराज आङ्दम्बे र पुस्पा भुसाल मोबाइल लैजान सकिने भनिरहेका छन् भने प्रकाश स्नेही लैजान हुन्न भन्नेमा छन्।

कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ। यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्। कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ८ : ३४ बजे