६ असार २०८३, शनिबार | Sat Jun 20 2026

पुरुषको भन्दा महिलाको नाक किन सानो ?



एजेन्सी ।
के तपाईंले आफ्नो नाकबारे कहिल्यै सोच्नु भएको छ ? यदि छैन भने एकपटक नाक छामी हेर्नोस्, अनि आफ्नो नाक र अरुको नाकबारे तुलना गर्नुस् कत्तिको फरक छ। अनि महिलाको भन्दा पुरुषको नाक ठुलो भएको बारे याद गर्नुभएको छरु केही अपवादवाहेक महिलाकोभन्दा पुरुषको नाक लामो हुन्छ।

एक अध्ययनले यो कुरालाई झनै साँचो प्रमाणित गरिदिएको छ। अमेरिकाको युनिभर्सिटी अफ आयोवाका अनुसन्धानकर्ताहरुले महिलाको तुलनामा पुरुषको नाक १० प्रतिशत लामो हुने पुष्टि गरेका छन्।

युरोपेलीहरुको नाकबारे विश्लेषण गरेका अनुसन्धानकर्ताहरुले महिला तथा पुरुषको शरिर संरचनाअनुसार नाकको आकारमा पनि फरक पर्ने बताएका छन्। साधारणतया पुरुषहरुमा महिलाको तुलनामा पुरुषहरुमा पातलो मांसपेशी हुन्छ, जसको अर्थ हुन्छ पुरुषहरुलाई आफ्नो मांसपेशीको वृद्धिका लागि बढी अक्सिजन चाहिन्छ। यहीकारण बढी अक्सिजन प्राप्त गर्न प्राकृतिक रुपमै पुरुषहरुको नाक ठूलो हुन्छ।

अनुसन्धानकर्ताहरुका अनुसार यौवन अवस्था पूर्वसम्म केटा केटी दुवैको नाक उस्तै हुन्छ। तर, ११ वर्ष पार गरेपछि नाकको आकारमा फरकपना आउन थाल्छ। ‘शरिरको आकार उस्तै भएरपनि पुरुषको नाक महिलाको भन्दा ठुलो हुन्छ र यौवनावस्थाबाट साँच्चै नै फरक पर्दै जान्छ’ आयोवा विश्वविद्यालयका सहायक प्राध्यापक नाथन होल्टन भन्छन्।

तर, नाकको अर्को रोचक पक्ष के छ भने मानिसको नाक नियाण्डरथलको जस्तो ढुंगे युगको भन्दा अहिले निकै सानो भएको पाइएको छ। विगतमा मानिसहरुले धेरै काम गर्नुपर्ने हुन्थ्यो र मांसपेशीलाई पनि दुरुस्त राख्नुपर्ने हुन्थ्यो, जसबाट शरिरमा अक्सिजन बढी खपत गर्नुपर्ने हुँदा नाक ठुलो भएको र अहिले मानिसले धेरै काम गर्नुनपर्ने हुँदा ठुलो नाक आवश्यक नभएको अनुसन्धानकर्ताको भनाई छ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ६ : ५२ बजे