२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

प्रगतिशील पत्रकार संघको अध्यक्षमा पोखरेल



बुटवल ।
प्रगतिशील पत्रकार संघ नेपालको अध्यक्षमा श्यामलाल पोखरेल निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले पोखरेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

संघको महासचिवमा प्रकाश थापामगर र विनोद पौडेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा ताराप्रसाद शर्मा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा गोपालप्रसाद भट्टराई र प्रज्ववल पहाडी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा महेश रिजाल निर्वाचित भएका छन्।

संघको सचिवालय सदस्यमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार निर्वाचित भएका छन्। त्यसैगरी वैकल्पिक केन्द्रीय सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार सुरु भएको सम्मेलनले संघको सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशी सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्यलाई निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९ शनिबार ००:००  ६ : ५८ बजे