७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सत्तारुढ गठबन्धनले बारामा वैशाख ७ गते चुनावी सभा गर्ने



काठमाडौँ ।
बारा–२ मा सत्तारुढ गठबन्धनले चुनावी सभा आयोजना गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा वैशाख ७ गते चुनावी सभा गर्न लागेको जसपाको प्रचार विभागले जानकारी दिएको हो ।

चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने छ ।

प्रकाशित मिति : ५ बैशाख २०८० मंगलबार ००:००  ७ : ३९ बजे