२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

जबरजस्ती धर्म परिवर्तन गर्न हुँदैनः मन्त्री आचार्य



काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए।

मन्त्री आचार्यले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए।

उनले भने, ‘राज्यको कुनै धर्म हुँदैन। नेपालमा धार्मिक स्वतन्त्रता छ तर कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न पाइँदैन। स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ।’

उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको पनि बताए।

प्रकाशित मिति : २३ जेष्ठ २०८० मंगलबार ००:००  ९ : ०० बजे