८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रिमाल भए राप्रपाको लुम्बिनी सहसंयोजक



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सहसंयोजकको जिम्मेवारी प्रकाश रिमाललाई दिएको छ।

सहमहामन्त्रीसमेत रहेका रिमाललाई ‘नवीन राप्रपा २०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सहसंयोजकको जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अध्यक्ष राजेन्द्र लिङ्देनले लुम्बिनी संयोजकमा यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई जिम्मेवारी दिएका थिए। संयोजकको समन्वयमा रहेर कार्यसम्पादन गर्न रिमाललाई सहसंयोजकको जिम्मेवारी दिइएको हो।

राप्रपाले आगामी ६ महिना भूगोलकेन्द्रित रहेर संगठन विस्तारलगायतका काम गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ।

प्रकाशित मिति : २९ असार २०८० शुक्रबार ००:००  ११ : ३२ बजे