२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

कुलोले बगाउँदा दाङमा एक बालकको मृत्यु



दाङ।
दाङको घोराहीमा कुलोले बगाएर एक बालकको ज्यान गएको छ।

आज घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ।

आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्‍याएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०८० बुधबार ००:००  ९ : २८ बजे