६ असार २०८३, शनिबार | Sat Jun 20 2026

जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु



दाङ ।
जंगलबाट ल्याएको च्याउ खाँदा दाङमा दुई जनाको मृत्यु भएको छ।

जंगलबाट ल्याएको च्याउ खाएर बंगलाचुली गाउँपालिका-४ की २७ वर्षीया ईश्वरी सुनार र उनकी छोरी ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले बताए।

जंगलबाट ल्याएको च्याउ खादा आमाछोरी बिरामी भएका थिए। उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको वडाध्यक्ष डाँगीले बताए। उपचारका क्रममा आमाको शुक्रबार र छोरीको बिहीबार मृत्यु भएको हो।

त्यस्तै, च्याउ खाएर अजय सुनार बिरामी भएका छन्। अजय ईश्वरीका श्रीमान हुन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ।

उनीहरूले साउन ३१ गते जंगलबाट च्याउ ल्याएका थिए। च्याउको तरकारी खाएपछि तीनै जना बिरामी परेका थिए।

प्रकाशित मिति : १ भदौ २०८० शुक्रबार ००:००  ४ : १४ बजे