८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सातै प्रदेशमा संयुक्त सभा गर्दै समाजवादी मोर्चा, कुन प्रदेशमा कहिले ?



काठमाडौं ।
समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने भएको छ।

सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय गरेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।

भदौं ८ मधेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा, २५ गते कोशीको विरानगरमा सन्देश सभाको आयोजना हुने भएको हो। उक्त दिन नै मोर्चा प्रदेश मोर्चा गठन हुने भएको छ। प्रदेशमा पनि छुट्टाछुट्टै संयोजक तोकिनेछ।

मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।

प्रकाशित मिति : ४ भदौ २०८० सोमबार ००:००  ९ : ३९ बजे