७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ



दाङ ।
दाङमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सात जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेको आरोपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।

आइतवार राति साढे १० बजे उनीहरुले विकलाई अपहरण गरी रिक्सामा राखेर घोराही(१९ थप्ली डाँडामा लगि निर्घात कुटपिट गरेका थिए ।

उनीहरुले व्यक्तिगत रिसिभीका कारण कुटपिट गरेको बताएका प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८० मंगलबार ००:००  ३ : ५२ बजे