६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बर्दियामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गयो



बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका–३ खातामा हिजो ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ७ : ५० बजे