२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु



रुपन्देही ।
रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ।

नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीमा डुबेकी शाहिस्तालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८० बुधबार ००:००  ८ : ११ बजे