६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

त्रिविमा माघ १५ देखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइन



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्ट लगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।

ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ। यसबारे विस्तृत जानकारी माघ १० गते दिइने कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ३ : ५० बजे