६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

रेसुंगा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै



तम्घास ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ। हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो।

रेसुङ्गा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो। यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो।

अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए।

रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन्। यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन्। जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन्।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ५१ बजे