काठमाडौँ ।
ला लिगामा बार्सिलोनाको अर्को हार भएको छ। शनिबार भएको खेलमा बार्सिलोना भिल्लारियलसँग ५–३ ले हारेको हो।
४१औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गरेर सुरुवाती अग्रता दिलाएका भिल्लारियलले ५४औँ मिनेटमा इलियास अखोमाचमार्फत अर्को गोल थप्यो।
यसरी २–० ले पछि परेको बार्सिलोनाले पछि ३–२ को अग्रतासमेत लिएको थियो। तर त्यसलाई जोगाउन नसक्दा हार खान बाध्य भयो।
खेलको ६०औँ मिनेटमा बार्सिलोनाका इल्के गुन्डोगनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याएका थिए भने ६८औँ मिनेटमा भिल्लारियलका पेड्रीले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आएको थियो।
७१औँ मिनेटमा भिल्लारियलका इरिक बेल्लीले आत्मघाती गोल गरेपछि बार्सिलोना ३–२ ले अगाडि भएको थियो। तर ८४औँ मिनेटमा भिल्लारियलका गोनकालो गिउडेसले गोल गरेपछि बराबरी भयो।
तर इन्जुरी समयको नवौँ मिनेटमा एलेक्सजेन्डर सोर्लोथले र १२औँ मिनेटमा जोसे लुइस मोरालेसले गोल गरेपछि भिल्लारियलको जित सुनिश्चित भएको हो।
योसमेत ला लिगामा सिजनको तेस्रो हार बेहोरेको बार्सिलोना २१ खेलबाट ४४ अंक जोडेर तेस्रो स्थानमा छ। भिल्लारियल भने २२ खेलबाट २३ अंक बनाएर तालिकाको १४औँ स्थानमा छ।







प्रतिक्रिया