२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुमा मानिसलाई बाढीले बगायो



कपिलवस्तु ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए।

लौटनलाई बगाएको ठाउँबाट दुई किलोमिटर तल शव फेला परेको रायमाझीले जानकारी दिए।

प्रकाशित मिति : ३१ बैशाख २०८१ सोमबार ००:००  ६ : ३१ बजे