५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

लुम्बिनीले आज नयाँ मुख्यमन्त्री पाउँदै



कपिलवस्तु ।
लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले हिजो राजीनामा दिएपछि आज एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरी नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्।

गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ। दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए।

लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ७ : ४१ बजे