१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

एकै वर्ष ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात



काठमाडौँ ।
नेपालले १ वर्षमा ३ अर्ब ८५ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेको छ।

नेपालबाट पहिलो पटक पौने ४ अर्ब रुपैयाँको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो।

भन्सार विभागका अनुसार १ वर्षमा क्लिङ्कर १ अर्ब ८८ करोड रुपैयाँको निर्यात भएको छ भने सिमेन्ट १ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ।

सरकारले अघिल्लो आर्थिक वर्षबाट सिमेन्ट निर्यात गर्दा नगद अनुदान दिने घोषणासँगै निर्यात बढेको छ।

सरकारले निर्यात सहुलियतको लागि सीमा तोकेकाले व्यवसायीले भने नगद अनुदान नपाएको गुनासो गर्दै आएका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८१ सोमबार ००:००  ४ : ३४ बजे