६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

हुम्लामा जिप दुर्घटनाः ७ जना घाइते, ५ को अवस्था गम्भीर



हुम्ला ।

हुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । हुम्ला प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर चङ्खेली गाउँपालिका–२, गौरीसल्ला भन्ने ठाउँबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो ।

दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षी तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगु छायानाथ रारा नगरपालिकाका ४० वर्षीय पृथी रावत, ३५ वर्षीय जिपका साहु रमेश मल्ल, बाजुरको बुढिगंगाका २५ वर्षीय चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२, की ३५ वर्षीय मायादेवी शाही रहेको प्रहरी नायव निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि दार्मा स्वास्थ्य चौकी हुम्लामा पठाइएको छ । जिप मोडमा ब्याक गर्ने क्रममा सडकदेखि १५० मिटर तल खसेको थियो भने एक जना स्थानीयको घरमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१ बुधबार ००:००  १२ : १७ बजे