६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

वाणगंगा नगर विपद ब्यवस्थापन समितीको बैठक, के-के भयो निर्णय ?



मायादेवी अनलाइन, जितपुर ।

वाणगंगा नगरपालिकाको विपद ब्यवस्थापन समितीको बैठक बसेको छ । मंगलबारको अविरल वर्षाका कारण वाणगंगाका विभिन्न क्षेत्र डुबानमा परेपछि बुधबार विपद ब्यवस्थापन समितीको आकस्मिक बैठक बसेको थियो ।

बैठकले बाढीका कारण भएको क्षतिप्रति दुख ब्यक्त गरेको छ । बाढीबाट भएको क्षतीको विवरण संकलन गरिने वाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । साथै आगामी दिनमा सम्भावित विपदको न्यूनिकरणका लागि सबै संयन्त्र तयारी अवस्थामा रहने बताउनुभयो ।

मंगलबारको अविरल वर्षाका कारण वाणगंगाका विभिन्न क्षेत्र डुबानमा परेका थिए ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कपिल) का अनुसार बजार क्षेत्रका पसल तथा गोदाम डुबानका कारण करोडौँको क्षति भएको अनुमान गरिएको छ।

पानीको उचित निकास नहुँदा उक्त क्षेत्र वर्षौ देखि डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८१ बुधबार ००:००  ४ : ३२ बजे