१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

तनहुँ दुर्घटना अपडेटः २१ जनाको मृत्यु



काठमाडौँ ।

तनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन्। मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ। उद्धार जारी रहेको उनले जानकारी दिएका छन्।

बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ। दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो।

प्रकाशित मिति : ७ भदौ २०८१ शुक्रबार ००:००  ६ : २८ बजे