६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

तानसेनमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु



काठमाडौं ।
पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति पौने ११ बजेतिर तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको हो।

कार सडकबाट १५० मोटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। कारमा सवार अन्य पाँचजना भने सकुशल रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १० भदौ २०८१ सोमबार ००:००  ८ : १३ बजे