२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

सल्यानमा चट्याङ लागेर शिक्षकको मृत्यु



सल्यान ।

सल्यानको कालीमाटी गाउँपालिमा चट्याङ लाग्दा एकजना शिक्षकको मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोला निवासी ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन्। प्रहरीका अनुसार सोमबार साँझ चट्याङ लागेर कार्कीको मुत्यु भएको हो।

घर नजिकै रहेको गाई गोठमा जाँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि राति सल्यान जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित मिति : ११ भदौ २०८१ मंगलबार ००:००  ९ : ०४ बजे