६ असार २०८३, शनिबार | Sat Jun 20 2026

लुम्बिनी प्रदेशको चालू अधिवेशन सकियो



दाङ ।

लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार मध्यरातिदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन्।

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशनमा ३५ वटा बैठक बसेका थिए। यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयक पारित गरेको थियो।

प्रकाशित मिति : १ आश्विन २०८१ मंगलबार ००:००  १ : ३४ बजे