५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु



बुटवल ।

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ।

सोमबार बेलुकी करिब ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका – ३ पावर हाउस नजिकै तिनाउ खोलामा नुहाउने क्रममा डुबेर २६ वर्षीय विशालकुमार जातबको मृत्यु भएको हो ।

भारतको उत्तर प्रदेश आग्राबाट भ्रमणमा आएका जातब नुहाउन भनेर तिनाउ नदीमा पसेका थिए ।

त्यसक्रममा बेपत्ता भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी चौकी दोभानको टोलीले खोजतलास गर्दा उनलाई इलाका प्रहरी कार्यालय बुटवलको रूपन्देहीको क्षेत्रमा पर्ने स्थानमा मृत भेटिएको पाल्पाका डिएसी सुगन्ध श्रेष्ठले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८१ मंगलबार ००:००  ८ : ३८ बजे