२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुबाट दियालो मेट्रो एसीको रात्रिकालीन सेवा सुरू



महाराजगञ्ज ।

दियालो मेट्रो एसीले आफ्नो रात्रिकालीन बस सेवा शुक्रबार महाराजगन्जमा एक विशेष कार्यक्रमका बीच सुरु गरेको छ। यो सेवाले यात्रुहरूलाई कपिलवस्तुको महाराजगंज, बुटवल र काठमाडौंको कलंकी क्षेत्रमा सुविधाजनक यात्रा प्रदान गर्नेछ।

दियालो मेट्रो एसीका संचालक नारायण मरासिनीका अनुसार यो सेवाले स्थानीय यात्रुहरूको लामो समयदेखिको माग पूरा गर्नेछ। स्थानीय सेवाग्राहीहरूले पनि यस सेवाको स्वागत गरेका छन्।

यो नयाँ सेवाले यात्रुहरूलाई सुरक्षित र आरामदायी रात्रिकालीन यात्राको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यात्रुहरूले निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

९८५७०७८०७२, ९८५७०७८०७३, ९८५७०७८०७४

सेवा समय तालिकाः

महाराजगंजबाटः साँझ ६ः०० बजे

बुटवलबाटः साँझ ९ः०० बजे

काठमाडौंबाटः साँझ ६ः३० बजे

कलंकीबाटः साँझ ७ः०० बजे

प्रकाशित मिति : ४ कार्तिक २०८१ आइतबार ००:००  १० : १० बजे